
काठमाडाैं । अभिनेत्री करिश्मा मानन्धरले न्याय माग्दै राष्ट्रपति कार्यालयअघि आत्मदाहको प्रयास गरेकी निहारिका राजपुत मुद्दाकाे स्वरूप थाहा नपाइ सहयोग गर्न अगाडि सरेकोमा माफी मागेकी छन् ।
अब उपरान्त भोकोलाई खाना र नाङ्गोलाई लुगा दिन बाहेक रूपैयाँको सहयोग गर्न भने आफूले नसक्ने उनले बताएकी हुन् । उनले शुक्रबार सामाजिक सञ्जालमा निहारिकाको निजी तस्वीरहरू सार्वजनिक गर्दै यस्ताे बताएकी हुन् ।
आमरण अनसन बसेकी निहारिकाकाे सडकको बिजोग हेर्न नसकेर अगाडि बढेकाे उनकाे भनाइ छ । राज्य र न्यायपालिकाले घटनाकाे गहिरो छानबिन गर्न उनकाे माग छ । आफू सधैँ सत्यको पक्षमा उभिने उनकाे भनाइ छ ।
शुक्रबार दुई वर्षको छोरासहित शीतल निवास अगाडि पुगेकी निहारिकाले शरीरमा पेट्रोल खन्याएर आगो लगाउन खोज्दा-खोज्दै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
साउन २० गतेदेखि न्यायको माग गर्दै बसन्तपुर डबलीमा आमरण अनसन सुरू गरेकी निहारिकाले आफ्नो मागको सुनुवाई नभएको भन्दै आत्मदाहको योजना बनाएकी हुन् । उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनसन बसेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्