१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ऐतिहासिक घटनाबाट नाम राखिएका ६ भारतीय नागरिक; नाम इमर्जेन्सी, लकडाउन, सुनामी


1.833k
Shares

एजेन्सी । अनौठो नाम भएका कति जनासँग तपाईंको भेट भएको छ ?

अधिकांश अभिभावकले आफ्ना सन्तानको नाम नाम देवता, खेलकुद तथा फिल्म स्टार वा प्रसिद्ध कार्टुनको नाममा राख्छन् । तर, केही भने फरक सोचका हुन्छन् । उनीहरू आफ्ना सन्तानको नाम अनौठो होस् भन्ने चाहन्छन् ।

भारत स्वतन्त्र भएको ७५औं वर्षगाँठ मनाइरहँदा भारतका विभिन्न राज्यबाट ऐतिहासिक घटनाका आधारमा नाम राखेका ६ जना व्यक्तिहरू हामी तपाईंको भेट गराउँदैछौं ।

आजाद कपूर, ७५ वर्ष
भारतले ब्रिटिश शासनबाट स्वतन्त्रता पाएको दिन १५ अगस्ट १९४७ मा आजाद कपूरको जन्म भएको थियो । उनका बुवाआमाले उनको नाम नै आजाद अर्थात स्वतन्त्र राखिदिए । आफूले थाहा पाउने बेला भएपछि केटाको जस्तो नाम भएर मन नपरे पनि पछि भने मन परेको उनी बताउँछिन् । आफ्नो जन्मदिन कसैले नभुल्ने भएकाले पनि उनी खुसी छन् ।

इमर्जेन्सी यादव, ४७ वर्ष
भारतमा संकटकाल घोषणा भएको भोलिपल्ट २६ जुन १९७५ मा इमर्जेन्सी यादवको जन्म भएको थियो । देशमा राष्ट्रिय संकट गहिरिएको भन्दै तत्कालीन भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा संकटकाल घोषणा गरेकी थिइन् ।

त्यो समयमा यादवका पिता विपक्षी दलका नेता भएकाले उनी लगायका अन्यलाई जेलमा राखिएको थियो भने नागरिकको संवैधानिक अधिकार कटौती गरिएको थियो । मानिसहरूले भारतको इतिहासको दुःखद, कालो अवधिलाई बिर्सन नपरोस् भनेर छोराको नाम इमर्जेन्सी राखिएको उनी बताउँछन् ।

कारगिल प्रभु, २३ वर्ष
कश्मीरको विवादित क्षेत्रलाई लिएर भारत र पाकिस्तान बीचको सन् १९९९ कारगिल द्वन्द्वको समयमा कारगिल प्रभुको जन्म भएको थियो । लामो समयसम्म उनलाई आफ्नो नामको महत्त्वबारे थाहा थिएन । आफू हुर्किएपछि गुगलबाट आफ्नो नामको बारेमा थाहा पाएको कारगिल बताउँछन् । चेन्नईमा एक भिडियो सम्पादकको रुपमा कार्यरत उनी अहिलेसम्म कारगिल भने पुगेका छैनन् ।

सुनामी रोय, १७ वर्ष
सन् २००४ मा विनाशकारी सुनामीबाट विनाश भएको अण्डमान द्वीपसमूहको एउटा टापुमा सुनामी रोयको जन्म भएको थियो । सुनामीको जन्म भएको दिन सम्झँदा उनको आँखा आँसुले अहिले पनि भरिन्छ । पति र जेठो छोरासँगै रहेका उनले सुनामी आएकै रात आफ्नो छोरालाई चट्टान माथिको अन्धकारमा जन्म दिएकी थिइन् । विद्यालयमा अझै पनि साथीहरुले नामबारे मजाक उडाउने गरेको उनी सुनाउँछन् ।

खजान्ची नाथ, ५ वर्ष
खजान्चीको जन्म उत्तर प्रदेशको पञ्जाब नेशनल बैंकको शाखामा भएको थियो । नोटबन्दीको समयमा गर्भवती रहेकी खजान्चीकी आमा सर्वेशा देवी पैसा निकाल्न लाइनमा उभिएको समयमा खजान्चीको जन्म भएको थियो । बैंकमा जन्मेकाले सबैले उसको नाम खजान्ची (क्यासियर) राख्नुपर्छ भने । उनले पनि सोही नाम राखिन् ।

लकडाउन कक्कन्दी, २ वर्ष
कोभिड–१९ को संक्रमण बढेपछि भारतमा सन् २०२० मा लगाइएको लकडाउन घोषणा भयो । लकडाउनकै समयमा जन्म भएकाले उनको नाम लकडाउन राखिएको उनका बुवा पवन कक्कन्दीले बताए । प्रशव पीडाले छटपटिएकी श्रीमतीलाई अस्पताल लैजान नसके पनि स्वास्थ्य जटिलता नदेखिएको उनको भनाइ छ ।

बीबीसीबाट