
काठमाडौं । पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ ।
राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो । दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा ५ सय ८ उद्योग दर्ता भएका छन् ।
घरेलु तथा साना उद्योग कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा ७ सय ५४ उद्योग दर्ता भएकामा २ सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।
यस्तै, २०७७/०७८ मा ५ सय ९४ साना उद्योग दर्ता भएकामा २ सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन् ।
महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।
बैतडीमा हालसम्म ३ हजार ५ सय ९० उद्योग दर्ता भएका छन् ।
प्रतिक्रिया दिनुहोस्