८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


गठबन्धन गर्नुकाे कारण डर र कर दुवै हाे: रामचन्द्र पौडेल

संसदले पास गरेकाे नागरिकता विधेयक राष्ट्रपतिले रोक्न मिल्दैन

494
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धन गर्नुकाे कारण डर र कर दुवै भएको बताउनुभएकाे छ ।

नेपाल प्रेस युनियन चितवनले आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उहाँले गठबन्धन कांग्रेसले नगरे अन्य पार्टीले गर्ने बताउनुभयाे । एक्लाएक्लै निर्वाचनमा जाँदापछि गठबन्धन गरेपनि फरक नपर्ने बताउदै नेता पौडेलले अहिलेको आवश्यकता मिलेर र तालमेल गरेर जानुपर्ने बाध्यता भएकाे बताउनुभयाे ।

गठबन्धनमा तालमेल गरेर जाने कुरामा छलफल जारी रहेको पनि उहाँले बताउनुभयाे । उहाँले कांग्रेसले कांग्रेस जिताउने अभियान चलाउन कार्यकर्ताहरूलाई अनुरोध समेत गर्नुभयाे । कांग्रेस देशमा अहिले राजनीतिक स्थिरता, सुशासन र सामाजिक न्यायको पक्षमा रहेको नेता पौडेलले बताउनुभयाे ।

उहाँले नागरिकता विधेयक संसदले पास गरिसकेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले रोक्न नमिल्ने बताउनुभयाे ।