१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


भायानेटले थप्यो ३ वटा नयाँ शाखा


637
Shares

काठमाडौं । उच्च गतिको इन्टरनेट र टेलिभिजन सेवाका लागि परिचित भायानेट कम्युनिकेसन लि. ले तीन वटा नयाँ शाखा विस्तार गरेको छ ।

भायानेटले आफ्नो सेवा विस्तार गर्ने क्रममा सुर्खेत, घोराही र तुलसीपुरमा नयाँ शाखा विस्तार गरेको हो ।

कम्पनीले सुर्खेतको सर्भिस सेन्टर बीरेन्द्रचोकमा, घोराहीको बी.पी. चोक क्यापिटल हस्पिटल घरको तेस्रो तलामा र तुलसीपुरको सर्भिस सेन्टर मनपुररोडएन आई सीएशिया बैंक नजिकै आफ्ना शाखा विस्तार गरेको छ ।

शाखा विस्तारसँगै त्यस क्षेत्रका सर्वसाधारण उच्च गतिको इन्टरनेट सेवाबाट लाभान्वित हुने कम्पनीको विश्वास छ ।

तीन स्थानमा नयाँ शाखा खोलेसँगै कम्पनीले आफ्नो अल्ट्राफाई प्याकेजमा ४ महिनासम्मको फ्री ओपेनिङ अफर उपलब्ध गराएको छ ।

यो सेवा लिँदा ग्राहकले इन्टरनेट, वाइफाइ डिभाइस र भायाटिभीको प्राइमरी सेट–अप–बक्स इन्स्टलेसन पनि निःशुल्क पाउनेछन् । यो सुविधा भने कम्पनीले सीमित अवधिको लागि ल्याइएको हो ।