
काडमाडौं । प्रतिनिधि सभाका सांसद रामबीर मानन्धरले काठमाडौंको फोहोर इच्छाशक्ति भएको मान्छेले मात्रै उठाउन सक्ने भन्दै आफ्नो नेतृत्वमा शक्तिशाली संसदीय समिति गठन गर्न माग गर्नुभएकाे छ ।
आइतबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले काठमाडौंको व्यवस्थापनका लागि समिति आवश्यक भएको उहाँले बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयो – ‘मैले आजभन्दा ६० दिन अगाडी एउटा प्रस्ताव पेश गरेको थिएँ । फेरिपनि म यो प्रस्ताव पेस गर्न चाहन्छु, यदी इच्छाशक्ति भएको मान्छे भयो भने मात्रै फोहोरमैला उठ्छ काठमाडौंको । अस्तव्यस्त, ध्वस्त काठमाडौंजस्तै अहिले संसदको पनि कोरम पुग्छ कि पुग्दैन भन्ने स्थिति छ । संसद भवनको वरिपरि हेर्यो भने यहाँ चुहिएर बस्नु नहुने अवस्था छ । यसलाई ध्यान पुर्याउनका लागि म फेरिपनि माग राख्न चाहन्छु । तत्काल शक्तिशाली एउटा समिति गठन गरियोस् । मैले माग गर्दा मैले माग गरेजस्तो भयो त्यसकारण जसको भएपनि इच्छशक्ति भएको मान्छे राख्नुस् । शक्तिशाली समिति मुलुकको राजधानीलाई व्यवस्थापन गर्नलाई हो । हुन्छ भने मेरै नेतृत्वमा गरौँ ।’
प्रतिक्रिया दिनुहोस्