
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटको दुधेखोलामा रहेको कोप्रे झरना पछिल्लो समय आन्तरिक पर्यटकहरूको गन्तव्य बन्दै जान थालेको छ ।
सदरमुकाम बेनी बजारदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने नयाँ पर्यटकीय गन्तव्यका रूपमा चिनिएको यस झरनामा आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थालेको हो । पर्यटकीय सम्भावना बोकेको यस झरनामा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको हो ।
स्थानीय बासिन्दाले ‘कोप्रे छहरा’ भनेर चिन्ने कोप्रे झरनामा खासगरी शनिबार तथा बिदाको दिनमा आन्तरिक पर्यटकहरुको घुइँचो लाग्ने गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनीबजार नजिकै रहेको झरनामा दैनिक रूपमा पनि उल्लेख्य संख्यामा पर्यटक आउने गरेको स्थानीय बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्