
Web Pic
काठमाडौं । प्युठानमा जीप दुर्घटना एक शिशु सहित तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।
जिल्लाको नौबहिनी गाउँपालिका–६ बहानेमा आइतबार बेलुकी लु १ ज १५४५ नम्बरको जीप दुर्घटना हुँदा वडा नम्बर ५ की ७ वर्षीया करुणा बुढा, उनकी २५ दिनकी बहिनी चेतना बुढा र सोही ठाउँका जीप चालक २५ वर्षीय लुकेश थापाको मृत्यु भएको हो ।
प्रहरीका दिदीबहिनीको अस्पताल लैजाँदै गर्दा बाटोमै र चालकको उपचारको क्रममा जिल्ला अस्पताल बिजुवारमा मृत्यु भएको हो ।
दुर्घटनामा दुई छोरीहरू गुमाएकी आमा २५ वर्षीया रेमसरा बुढा र उनका श्रीमान २८ वर्षीय हुमबहादुर बुढा पनि घाइते भएका छन् ।
जीप झन्डै ३५ मिटर तल खसेको थियो ।
प्रतिक्रिया दिनुहोस्