
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा अवस्थित रहेको छ।
आज (सोमबार) बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा सामान्य बदली रहेको छ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, सुदूरपश्चिम तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली हुने भएको छ । त्यस्तै, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
सोमबार राति भने प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनेछ । त्यस्तै, बाँकी भू-भागमा भने आंशिक बदली हुने भएको छ ।
त्यस्तै, प्रदेश-१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको समेत सम्भावना भएको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्