
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने बताउनुभएको छ ।
सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) को वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
मन्त्री श्रेष्ठले नेपालालाई वर्षभर नै पर्यटकहरु आउने पर्यटकीय गन्तव्यस्थल बनाउनुपर्ने बताउनु भयो । उहाँले विदेशमा रहेका हरेक नेपालीले ‘कम्तिमा एक जना विदेशीलाई नेपाल घुम्न जाऔँ’ भन्ने वातावरण सिर्जना गर्ने अभियान थालेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले सरकार पर्यटन क्षेत्रलाई थप विकसित र आकर्षित गरेर प्रवर्द्धन गर्ने कुरालाई ध्यानमा राखेर अघि बढिरहेको बताउनुभयो । उहाँले सरकार ट्रेकिङ क्षेत्रलाई व्यवस्थित, आकर्षित र प्रवर्द्धन गर्ने कुरामा प्रतिवद्ध रहेको बताउनुभयो ।
मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र संघीय जनप्रतिनिधिबीच छलफल गरेर नेपालका पर्यटकीय गन्तव्यमा असर नपर्ने गरेर विकासका काम अघि बढाउने गरी विकासका कार्यक्रम अघि बढाउने प्रतिवद्धता जनाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्