२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित


130
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक स्थगित भएको छ ।

आज सोमबार दिउँसो एक बजे बस्नेगरी बोलाइएको बैठक भोलि मंगलबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार अध्यक्षको कार्यव्यस्थताका कारण बैठक सरेको हो ।

आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल गर्न बैठक बोलाइएको थियो ।