
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले विधिको शासन र मानव अधिकारलाई सुदृढ गर्नु साझा दायित्व भएको बताउनुभएको छ ।
सोमबार कानून, न्याय तथा मानव अधिकार समितिद्वारा प्रकाशित ‘संसदमा कानून, न्याय तथा मानव अधिकार समितिः अभ्यास र उपलब्धि’ पुस्तक विमोचन समारोहमा बोल्दै मन्त्री खाँणले विधिको शासन र मानव अधिकारलाई सृदृढ बनाउनु साझा दायित्व भएको बताउनुभएको हो ।
मन्त्री खाँणले यसलाई सबल र सुदृढ बनाउन सरकारको तर्फबाट प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । उहाँले सरकार मानव अधिकारको क्षेत्रमा पारदर्शी र उत्तरदायी रहँदै आएको स्पष्ट पार्नुभयो ।
मन्त्री खाँणले मानव अधिकारको पालना गराउने सम्बन्धमा मानव अधिकारकर्मीहरूले खबरदारी गरिरहेको भन्दै मानव अधिकारकर्मीहरूको प्रशंसा गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्