३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


दराजको ‘दराजमल फेस्ट’ अभियान


78
Shares

काठमाडौं । नेपालको अनलाइन बजार दराजले सोमबारदेखि दराजमल फेस्ट सुरू गर्ने घोषणा गरेको छ ।

यस अभियानले दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रीत हुने कम्पनीले जनाएको छ ।

यो अभियान २०७९ साउन ३० सोमबारबाट सुरू हुने दराजले जनाएको छ । यो अभियान दराज मल मार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन,७ हजार रुपैंयाँ सम्मको भाउचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ ।

कम्पनीका अनुसार दराजमल दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिंग मल हो । जसमा सोनी, सामसंग,गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै ५ सय भन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् ।

१०० प्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसंग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागी प्रदान गर्दछ। त्यसै कारण, दराजमल फेस्ट ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मनपर्ने प्रीमियम ब्रान्डहरु खरिद गर्नको लागि एक सुनौलो अवसर भएको कम्पनीको भनाई छ ।

विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुट मार्फत डेबिट र क्रेडिट कार्डबाट प्री पेमेन्ट गर्दा थप १५ प्रतिशत ७५० सम्म छुट पाउने कम्पनीले जनाएको छ । बैंक डेज अफर निम्नानुसार छन् ।

मंगलबार – ग्लोबल आइएमई बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत ७५० सम्मको सम्मको छुट÷डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत ५ सय रुपैयाँसम्म छुट

बिहीबार – मेगा बैंकबाट क्रेडिट कार्ड भुक्तानीमा १५ प्रतिशत छुट/डेबिट कार्ड भुक्तानीमा १० प्रतिशत ५०० रुपैयाँसम्म छुट

शुक्रबार – नबिल बैंकबाट डेबिटरक्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रुपैयाँ)

शनिबार – स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० प्रतिशत छुट (अधिकतम ५ सय रुपैयाँ)

पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १० प्रतिशत (अधिकतम ५ सयसम्म) को अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्न सक्नेछन्।

त्यसैगरी, दराजमा किनमेल गर्ने र ई–सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम ३५० सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यी बाहेक, ब्रान्ड अफ द डे जस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मनपर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्नेछ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिइने कम्पनीले जनाएको छ ।