
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा युगल किशोर राई नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले युगललाई सहायक प्रशिक्षक नियुक्त गरिएको जनाएको छ । यस्तै विनोद डंगोललाई गोलकिपर प्रशिक्षक नियुक्त गरिएको एन्फाले जनाएको छ ।
नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षकमा प्रदिप हुमागाईं रहेका छन् । बंगलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि एन्फाले उनीहरुलाई नियुक्त गरेको हो । नेपाली टिमको बन्द प्रशिक्षण बिहीबारबाट सुरु हुँदैछ ।
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै गत बैशाख १३ गते प्रशिक्षण छाडेका १० खेलाडी मध्ये सुमन लामा अटाएका छैनन् ।
नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल असोज ११ गते दशरथ रंगशालामा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्