१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गोसाइँकुण्डमा चढाइएको भेटी गणनापछि सार्वजनिक


3.523k
Shares

काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड पुगेका भक्तजनले मन्दिरमा चढाएको भेटी गणनापछि सार्वजनिक गरिएको छ ।

पुजारीबाट संकलन गरिएको भेटी लाङटाङ राष्ट्रिय निकुञ्जका कर्मचारी र गोसाइँकुण्ड क्षेत्र विकास समितिका पदाधिकारीले धुञ्चे पुर्‍याइ गणना पश्चात् सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको रोहवरमा गरिएको गणनाबाट ३ लाख २२ हजार एक सय १५ रुपैयाँ संकलन भएको समिति अध्यक्ष सञ्जिव डिएमले जानकारी दिनुभयो ।

गोसाइँकुण्ड पुगेका सबै यात्रु आआफ्नो गन्तव्यतर्फ फर्किइ तीर्थस्थल खुल्ला भइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मेला अवधिमा यात्रुबाट उत्पन्न फोहर व्यवस्थापनका लागि स्थानीय व्यवसायी र गोसाइँकुण्ड क्षेत्र विकास समितिबीच समन्वय भइरहेको छ ।