१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बैंक अफ काठमाण्डू र मानसरोवरबीच छुट सम्वन्धि संझौता


78
Shares

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सेवामा १० प्रतिशत छुट उपलब्ध गराउने संझौता भएको छ ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी मानसरोवरमा भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १० प्रतिशत छुट उपलब्ध गराउने सम्झौता भएको हो । यो सम्झौता पश्चात् ग्राहकहरुले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्ट मा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १० प्रतिशत छुट पाउने बैंकले जनाएको छ । उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मानसरोवरले बाँकेको नेपालगंजबाट सेवाग्राहीहरुलाई सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।