
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजे बस्ने एक नेताले जानकारी दिनुभयो ।
बैठकमा आसन्न निर्वाचनको रणनीति, डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँगको सहकार्यलगायतका समसामयिक राजनीतिका विषयमा छलफल हुने छ ।
साथै गठबन्धनमा सिटको प्रस्ताव र राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक थप छलफलका लागि संघीय संसदमा फिर्ता पठाएको सन्दर्भमा पनि मंगलबारको बैठकमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्