
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।
सोमबार राति लिभरपुलको मैदान एनफील्डमा भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग १–१ को बराबरीमा रोकिएको हो ।
खेलमा प्यालेसका विल्फ्रेड जाहाले ३२ औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि ६१ औं मिनेटमा लुइस डियाजले लिभरपुलका लागि बराबरी गोल गरे ।
खेलको ५७ औं मिनेटमा लिभरपुलका उरुग्वेन खेलाडी डार्वीन नुनेज रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि घरेलु टोली थप दबाबमा आयो ।
यो बराबरीपछि लिभरपुलले प्रिमियर लिगको नयाँ सिजनमा पहिलो जित हात पार्ने अवसर गुमाएको छ । ।
लिगमा दुई खेलको समाप्तीपछि ६–६ अंक जोडेका म्यान्चेस्टर सिटी र आर्सनल क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । २ अंक मात्रै जोडेको लिभरपुल तालिकाको १२ औं स्थानमा छ । प्यालेस १ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्