१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


गायक राहुल जैनविरुद्ध बलात्कारको आरोप


3.432k
Shares

एजेन्सी । भारतीय गायक तथा संगीतकार राहुल जैनविरुद्ध बलात्कारको आरोपमा उजुरी दर्ता भएको छ ।

३० वर्षीया महिला फेसन डिजाइनरले मुम्बईको ओशिवारा प्रहरी चौकीमा राहुलविरुद्ध उजुरी दर्ता गराएकी हुन् । ती महिलाले प्रहरीलाई दिएको बयानमा राहुलले सामाजिक सञ्जालमार्फत आफ्नो कामको प्रशंसा गरेको बताइन् । उनले भनेकी छन्, ‘राहुलले मलाई आफ्नो मुम्बईको घरमा बोलाए र आफ्नो व्यक्तिगत पोशाक डिजाइनरको रूपमा राख्ने आश्वासन दिए। गत ११ अगस्टमा म उनको घर गएँ जहाँ उनले मलाई बलात्कार गरे ।’

महिलाको यस्तो आरोप पछि राहुलले यो आरोपलाई निराधार भनेका छन् । मुम्बई प्रहरीले भारतीय सञ्चारमाध्यमसँग ती महिला मुम्बईमा एक फेसन डिजाइनरको रूपमा काम गर्दै थिइन् । राहुलले उनलाई बलात्कार गरी सबै प्रमाण नष्ट गर्ने प्रयास गरेको बताएको छ।

भारतीय सञ्चार माध्यमसँग कुरा गर्दै राहुलले भने, ‘म यी महिलालाई चिन्दिन । ममाथि लगाइएका यी सबै आरोप झुटा र आधारहीन छन् । यसअघि पनि एक महिलाले ममाथि आरोप लगाएकी थिइन् । तर, त्यो पछि झुट सावित भएको थियो ।’

उनलाई बलात्कारको आरोप लागेको पहिलो पटक भने होइन । गत वर्ष अक्टोबरमा राहुलमाथि बलात्कार र गर्भपतन गराएको आरोप लागेको थियो ।