२८ चैत्र २०८१, बिहिबार | Fri Apr 11 2025


गायिका स्मिता घिमिरेको निधन


8.008k
Shares

काठमाडौं । गायिका स्मिता घिमिरेको निधन भएको छ ।

ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा सोमबार साँझ घिमिरेको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । घिमिरे ३ वर्षदेखि क्यान्सर रोगबाट पीडीत थिइन् ।

उनी पहिले स्तन क्यान्सरबाट पीडित थिइन्, त्यसको शल्यक्रिया पछि उनी पूर्ण रूपमा निको भएकी थिइन् । पछिल्लो पटक उनी बोन म्यारो क्यान्सरबाट पीडित थिइन् ।

उनले थुप्रै गीत गाउनुका साथै उपन्यास ‘हराएको मुस्कान’ समेत लेखेकी थिइन् । जुन केही महिना अगाडि सार्वजनिक भएको थियो ।

उनको सोमबार राति नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको थियो ।