हिरासतमा रहेका युवकमा कोरोना, जिल्ला प्रहरी कार्यालय ‘सिल’

news

विनोदसिंह विष्ट (इमेज)

बैतडी, जेठ ९ । बैतडीमा जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एकजनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

गत वैशाख १५ गतेदेखि प्रहरी हिरासतमा रहेका शिवनाथ गाउँपालिका–२ का २२ वर्षीय युवकमा ‘पीसीआर पोजिटिभ’ आएको हो ।

‘थ्रोट स्वाब’ संकलन गरी सेती प्रादेशिक अस्पतालमा पीसीआर परिक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए ।

गत चैत ६ गते भारतको दिल्लीबाट आएका ती युवक कर्तव्य ज्यान मुद्दामा प्रहरी हिरासतमा रहेका थिए ।

शिवनाथ गाउँपालिका–४ की १९ वर्षीया किशोरी गीता महरको मृत्यु प्रकरणमा पक्राउ परेका युवामा कोरोना पुष्टि भएको हो ।

उक्त प्रकरणमा उनकी बहिनी पनि हिरासतमा रहेपनि रिपोर्ट ‘नेगेटिभ’ आएको जनाइएको छ ।

हिरासतमा रहेका युवकमा कोरोना संक्रमण देखिएपछि शुक्रबार जिल्ला प्रहरी कार्यालय ‘सिल’ गरिएको छ ।

संक्रमितलाई जिल्ला अस्पतालको ‘आइसोलेसन’मा राखिएको छ । ‘कन्ट्याक्ट ट्रेसिङ’को कामसमेत सुरु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...