
काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताले नागरिकता सम्बन्धी विधेयक जस्ताको तस्तै अघि बढाउने निर्णय गरेका छन् ।
नागरिकता विधेयकमाथि आधिकारीक धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको शीर्ष नेताहरुको बैठकले विधेयक हुबहु अघि बढाउने निर्णय गरेको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
संसदबाट बहुमतले पारित गरेर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकमा पुनर्विचार आवश्यक रहेको भन्दै प्रतिनिधिसभामै फिर्ता पठाइएको छ ।
सोही विधेयक फिर्ता आएसँगै सत्ता र प्रतिपक्षका दलहरुबीच आरोप प्रत्यारोप बढेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपतिले नागरिकतासम्बन्धी विधेयक फिर्ता गरेसँगै राष्ट्रिय सहमति आवश्यक रहेको बताएको छ ।
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले साउन १५ गते प्रमाणिकरण गरेर पठाएको दुई सातापछि राष्ट्रपति भण्डारीले सोही विधेयक आइतबार प्रतिनिधिसभामै फिर्ता पठाउनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्