
web pic
काठमाडौं । बुटवलको एउटा होटलमा एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् ।
धादिङको कुम्पुर घर भएका अन्दाजी ३५ वर्षका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेको प्रहरीले जनाएको छ । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा उनीहरू सोमबार मृत फेला परेका हुन् ।
आइतबार राति उक्त होटलमा सँगै बास बसेका उनीहरू सोमबार महिला पलङमा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । महिलाको थर र घरको ठेगाना खुल्न सकेको छैन ।
दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्