
web pic
झापा । झापाको दमकमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत दमक नगरपालिका– ४ मा ना ८ ख ३३३३ नम्वरको ट्रकले प्रदेश नम्वर १–०४– ००१– प – २४५५ नम्वरको स्कुटरलाई ठक्कर दिँदा दमक– ४ निवासी ६८ वर्षिय रामजुलुम नायकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका नायकलाई उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा लगिएपनि उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्