
काठमाडौं । नेपाली कांग्रेसमा सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय सदस्यमा मनोनित गर्नु भएको छ ।
केन्द्रीय सदस्य मनोनित हुनेहरुमा धना खतिवडा,किरण यादव,राधा घले,उर्मिला थपलिया रहेका छन् । त्यसैगरी रुक्मिणी कोइराला,कल्याणी रिजाल,गोमा भट्टराई,गंगा शाही,लक्ष्मी खतिवडा र सीता देवकोटा केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सभापति देउवाले कांग्रेस पार्टीको बिधान २०१७ को धारा २१ को उपधारा (१०) बमोजिम उहाँहरुलाई केन्द्रीय कार्य समितिको सदस्यमा मनोनित गर्नुभएको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्