
काठमाडौं । युएफा च्याम्पियन्स लिग फुटबलको लागि अन्तिम चरणको छनौट खेलहरु मंगलबार रातिबाट सुरु भएका छन् ।
प्ले–अफ्को पहिलो लेगको खेलमा स्कटल्याण्डको रेन्जर्स र नेदरल्याण्ड्सको पि.एस.भी आइन्डोभनले २–२ गोलको बराबरी खेलका हुन् ।
स्कटल्याण्डमा भएको खेलमा घरेलु टोली रेन्जर्सका एन्टोनियो कोलाक र टम लरेन्सले एक एक गोल गरे । आइन्डोभनको लागि इब्राहिम सांगारे र अर्मान्डो ओबिस्पोले एक एक गोल गरेका थिए ।
पहिलो लेगको खेल २–२ गोलको बराबरीमा रोकिएपछि दोस्रो लेगको खेलपूर्व दुबै टोली केही दबाबमा हुनेछन् ।
च्याम्पियन्स लिग प्ले अफ्कै पहिलो लेगका अन्य खेलहरुमा डेनमार्कको एफ.सी कोपनहेगनले टर्कीको ट्राबजोन्स्परलाई २–१ ले हराउँदा नर्वेको एफ.के बोडो ग्लिम्टले चेक गणतन्त्रको डाइनामो जााग्रेबलाई १–० ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्