२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


फिल्म ‘द डर्टी पिक्चर २’ निर्माण गर्दै एकता कपुर


767
Shares

एजेन्सी । विद्या बालनद्वारा अभिनित फिल्म ‘द डर्टी पिक्चर’ को सिक्वेल बन्ने भएको छ ।

फिल्म ‘द डर्टी पिक्चर’ मा विद्याको अलवा नसिरुद्दीन शाह र इमरान हाशमीको समेत मुख्य भूमिका रहेको थियो । एकता कपुरद्वारा निर्देशित यस फिल्मले ८० करोड बराबरको कमाई गरेको थियो ।

२०११ मा रिलिज यो फिल्मले चर्को विरोधका बाबजुत पनि राम्रो व्यवसाय गरेको थियो । ‘द डर्टी पिक्चर’को कथा चर्चित अभिनेत्री सिल्क स्मिताको जीवनमा आधारित थियो ।

फिल्मले एक गाउँकी केटी हिरोइन बन्ने सपना लिएर चेन्नई भागेर फिल्मी दुनियाँमा रेशम बनेर फिल्म उद्योगमा कसरी राज गर्छिन् भन्ने देखाएको थियो । तर, अहिले बन्न लागेको सिक्वेलमा कथावस्तु फरक हुने र यस फिल्ममा विद्या बालनको स्थानमा कृति सेनन वा तापसी पन्नु मध्ये एक अभिनेत्री मुख्य भूमिकामा देखिने भारतीय सञ्चार माध्यामले जनाएको छ ।

स्क्रिप्टको लागि काम सुरु भइसकेको छ । पटकथा/लेखक कनिका ढिल्लोनले अहिले फिल्मको कथा लेखिरहेकी छिन् । यो वर्षको अन्त्यसम्ममा फिल्म सम्पन्न हुने अपेक्षा गरिएको छ ।