१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको हत्या

पोलियो उन्मूलन अभियानमा पाकिस्तान र अफगानिस्तानमा चुनौती

351
Shares

काठमाडाैं । पाकिस्तानमा पोलियो खोप अभियानमा खटिएका २ जना प्रहरीको बन्दुकधारीहरुले गोली हानी हत्या गरेका छन् ।

उत्तरपश्चिम पाकिस्नानको ट्यांक जिल्लास्थित कोन्टअजाममा पोलियो कार्यक्रमको सुरक्षाका लागि खटिएका प्रहरीको हत्या गरिएको हो । खोप कार्यक्रम संचालन भईरहेको स्थान नजिकैको कुलोमा लुकेर बसेका बन्दुकधारीले गोली हानी मोटरसाइकलमा फरार भएका थिए ।

पाकिस्तानमा कट्टपन्थीहरु पोलियो खोप अभियानमा बारम्बार अवरोध गर्दै आएका छन् भने दर्जनौं खोप कार्यकर्ता मारिईसकेका छन् । कट्टरपन्दथीहरुले पोलियो खोपमा सुँगुरको रगत मिसाइएको हुने भन्दै खोप नलगाउन पनि सर्वसाधारणलाई भड्काउने समेत गर्ने गरेका छन् ।

पाकिस्नातमा अहिले पनि पोलियोको समस्या ब्यापक रुपमा देखिने गरेको छ । उता, अफगानिस्तानको अवस्थामा पनि उस्तै छ । अफगानिस्तानमा पनि सत्ताधारी तालिवानदेखि अन्य कट्टरपन्थी समूहहरुले पोलियो खोप अभियानलाई अवरोध गर्दै आएका छन् ।

विश्व स्वास्थ्य संगठनले भने कट्टरपन्दथीहरु कारण पोलियो उन्मूलन चुनौतीपूर्ण भएको भन्दै चिन्ता ब्यक्त गर्ने गरेको छ ।