
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने ल्याण्डफिल साइट बञ्चरे डाँडामा बुधबार पनि स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन् ।
डाँडा-डाँडामा जम्मा भएका स्थानीयले काठमाडौंबाट फोहोर लिएर गएका गाडीमाथि आक्रमण गर्ने धम्की दिएपछि गाडीहरू फोहोर नफालीकन रोकिएका हुन् । ढाँडखोला नजिक ४१ वटा गाडी फोहोर खन्याउन लाइनबद्ध छन् । तर फोहोर फाल्न नसकिएको प्रहरीले जनाएको छ ।
बुधबार बिहानै फोहोर बोकेर गएका १ सय वटा गाडी मुङ्खुबाट अगाडि बढिसकेका छन् । सडक साँघुरो र बिग्रेका कारण सहज रूपमा आवागमन हुन सकेको छैन् । सशस्त्र प्रहरी बेसक्याम्प बञ्चरे डाँडाका नायव उपरीक्षक युवराज रिजालले नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी फोहोर फाल्ने तयारी भईरहेको बताउनुभएको छ ।
काठमाडौं महानगरीय प्रहरी परिसर काठमाडौंले पनि एसपी दिनेश मैनालीको नेतृत्वमा प्रहरी टोली पनि बञ्चरेडाँडामा पठाएको छ ।
प्रतिक्रिया दिनुहोस्