
काठमाडौं । प्रेम कथामा आधारित चलचित्र प्रेमगञ्जको प्रिमियर स्क्रिनिङ गरिएको छ ।
मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर चलचित्रको प्रिमियर स्क्रिनिङ गरिएको हो । भदौ ३ गते देशभर प्रदर्शनीमा आउन लागेको चलचित्रले विवाहपछि पनि कायम रहने प्रेम र संघर्षलाई चित्रण गरेको छ ।
वान सिनेमाज् मल्टिप्लेक्समा भएको प्रथम प्रदर्शनीमा कलाकार, निर्देशक, निर्माता, सञ्चारकर्मीदेखि फिल्मकर्मी सहभागी थिए ।
फिल्ममा बेनिशा हमाल, तेज गिरी र सम्पदा बानियाँको मुख्य अभिनय रहेको छ । फिल्ममा नरेश ढकाल, रश्मी भट्ट, गीता अधिकारी, सञ्जोग रसाईली, पवन भट्टराई र बाल कलाकार आयुषी ढकाल लगायतका कलाकारहररूको अभिनय रहेको छ ।
परिच्छेद सेनले निर्देशन गरेको यो फिल्म पहिलो फिचर सिनेमा हो ।
बेनिशा सहित तेज गिरी र सम्पदा बानियाँको मुख्य भूमिका रहेको फिल्ममा राइडर प्रशान्त, सुप्रिया खनाल र सिम्रन खनालले डेब्यु गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्