२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


निर्देशक वोल्फगाङ पिटरसनको निधन


130
Shares

एजेन्सी । जर्मन फिल्म निर्देशक वोल्फगाङ पिटरसनको ८१ वर्षको उमेरमा निधन भएको छ ।

पिटरसनको लस एन्जलस स्थित आफ्नो घरमा निधन भएको थियो । पिटरसनको प्यान्क्रियाटिक क्यान्सरको कारण निधन भएको हो ।

सन् १९४१ मा जर्मनमा जन्मेका, पिटरसनले सन् १९६० मा पश्चिम जर्मन टेलिभिजनबाट निर्देशनमा करियर सुरू गरेका थिए । उनले सन् १९८१ मा निर्देशन गरेको फिल्म ‘दास बुट’ लाई अन्तर्राष्ट्रिय स्तरको ख्याति मिलेको थियो । उक्त फिल्म दोस्रो विश्व युद्धमा आधारित थियो । उनी ओस्कारमा ६ पटक मनोनयनमा परेका थिए ।

दास बूट, एअर फोर्स वन, ट्रोय, पोसेईडन, द परफेक्ट स्ट्रोम पिटरसनका चर्चित फिल्महरू हुन् । पहिले जर्मन फिल्म निर्देशन गरेका उनी पछि हलिउड फिल्म निर्देशन, निर्माण तथा स्क्रिप्ट लेखनमा पनि सक्रिय रहे ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार पिटरसनको निधन उनको ५० वर्षीया श्रीमती मारियाको काखमा भएको थियो।