कोरोना संक्रमित दुई दिनदेखि ‘क्वारेन्टाइन’मै, उपचार सेवाबाट वञ्चित

news

नवलपरासी, जेठ १० । पश्चिम नवलपरासीका दुईजना कोरोना संक्रमित दुई दिनदेखि ‘क्वारेन्टाइन’मै बस्न बाध्य रहेका छन् ।

स्थानीय तह र प्रदेश सरकारले पनि उनीहरुलाई ‘आइसोलेसन’मा पठाउन वास्ता नगरेपछि संक्रमितहरु उपचार सेवाबाट वञ्चित बनेका हुन् ।

संक्रमण भएको जानकारी पाएपछि पनि उपचारका लागि आइसोलेसनमा जान नपाउँदा उनीहरु त्रसित हुन थालेका छन् ।

नगरपालिकाले आइसोलेसन निर्माण गर्ने जिम्मेवारी प्रदेश सरकारको भएकाले आफूहरुले बनाउन नसक्ने जनाएको छ ।

शुक्रबार बिहान जिल्लामा थप तीनजनामा संक्रमण देखिएको थियो । तीमध्ये रामग्राम नगरपालिकामा देखिएका दुई संक्रमितलाई परासीस्थित आदर्श माविको क्वारेन्टाइनमा राखिएको छ ।

सुस्ता गाउँपालिकामा देखिएका संक्रमितलाई गाउँपालिकाले भैरहवाको भीम अस्पतालमा पठाएको छ ।

संक्रमितलाई राखिएपछि शुक्रबार राति क्वारेन्टाइनमा राखिएका अन्यले संक्रमण फैलिने भन्दै अन्यन्त्र लैजानुपर्ने माग राखेर नाराबाजी गरेका थिए ।

क्वारेन्टाइनमा संक्रमितसहित ३२ जना छन्  । 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया

Loading...