२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी केन्द्रले आज पदाधिकारी टुंग्याउने


117
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आज बिहीबार पार्टी पदाधिकारीको टुंगो लगाउने भएको छ ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकमा पदाधिकारीको बारेमा छलफल भएको थियो ।

बुधबार छलफल निष्कर्षमा पुग्न समय अभाव भएकोले बिहीबार बस्ने बैठकले पदाधिकारीको टुंगो लगाउने पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

बिहीबार उक्त विषय टुंग्याउने जानकारी पार्टी प्रवक्ताले दिएपनि आकांक्षीहरुको व्यवस्थापन भने चुनौतीपूर्ण देखिन्छ ।

खासगरी पार्टी महासचिवमा जनार्दन शर्मा र वर्षमान पुनले दावी नछोड्दा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दबाबमा हुनुहुन्छ । माओवादीले अपूर्ण रहेको पार्टीका विभिन्न कमिटीहरुलाई पनि बिहीबार पूर्णता दिने भएको छ । केन्द्रीय कमिटी, पोलिटव्यूरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा बुधबार पनि छलफल भएको थियो ।