१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


पाँचथरमा नागरिकता र राहदानी लिने बढे


39
Shares

पाँचथर । पछिल्लो समय पाँचथरमा नागरिक्ता र राहादानी लिनेको संख्यामा वृद्धि भएको छ ।

आर्थिक वर्ष ०७७/०७८ को तुलनामा आर्थिक वर्ष ०७८/०७९ मा नागरिकता र राहदानी लिनेको संख्यामा दोब्बरले वृद्धि भएको हो ।

अघिल्लो आर्थिक वर्षमा कोभिडका कारण कार्यालयमा सेवाग्राही आउन नसक्नु र कोभिडपछि वैदेशिक रोजगारीमा जानेको संख्यामा वृद्धि हुनु जस्ता कारणले नागरिकता र राहदानी लिनेको संख्यामा वृद्धि भएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताउनुभयो ।

गत आ.व.०७७/०७८ मा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय रविबाट ३ हजार ४ सय ५९ जनाले नयाँ र १ हजार ९ सय २ जनाले प्रतिलिपि नागरिकता लिएका थिए भने आ.व.०७८/०७९ मा दोब्बर वढीले नागरिकता र राहदानी लिएका छन् ।

यस्तै त्यस आ.व.को तुलनामा गत आ.व.०७८/०७९ मा दोब्बर वढीले नागरिक्ता र राहदानी लिएका थिए । आ.व.०७८/०७९ मा ७ हजार ७३ जनाले नयाँ र २ हजार ९ सय ४६ जनाले प्रतिलिपी नागरिकता लिएका थिए । यस्तै, ७ जना महिलाले वैबाहिक अंगिकृत नागरिकता लिएका थिए ।

गत आ.व.०७७/०७८ मा १ हजार १ सय ३२ जनाले नवीकरण तथा नयाँ लिएको, जसमा जिल्ला प्रशासन कार्यालय पाँचथरबाट ९ सय ३२ वटा र काठमाडौंबाट २ सय ९८ वटा राहदानीको निम्ति सिफारिस गरिएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै आ.व.०७८/०७९ मा २ हजार ४ सय ७३ जनाले नयाँ तथा नवीकरण गरेका थिए । यस्तै काठमाडौंबाट २ सय ७० जनाको निम्ति सिफारिस गरिएको थियो ।