
एजेन्सी । दक्षिण भारतीय अभिनेता थालापथी विजयले कर छलीको मुद्दामा मद्रास उच्च अदालतबाट राहत पाएका छन् ।
विजय कर छलीको मुद्दामा आयकर विभागसँग केही समय देखि कानूनी लडाइँ लडिरहेका थिए। यो मुद्दा विजयको फिल्म ‘पुली’ को लागि प्राप्त शुल्कसँग सम्बन्धित छ। जसमा आयकर विभागले उनको घरमा छापा मारेर प्राप्त गरेको १५ करोड भारतीय रुपैयाँको हिसाब नभएको आरोप छ । त्यसपछि आयकर विभागले अभिनेतालाई १.५ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको थियो । मद्रास उच्च अदालतले आयकर विभागले लगाएको १.५ करोड भारतीय रुपैयाँ जरिवानामा अन्तरिम प्रतिबन्ध लगाएको छ। जसले विजयलाई ठूलो राहत भएको हो ।
विजयले आर्थिक वर्ष २०१६/१७ को आयकर रिटर्न फाइल गर्दा सो आर्थिक वर्षमा ३५ करोड ४२ लाख ९१ हजार ८९० भारतीय रुपैयाँ आम्दानी भएको बताएका थिए । जब आयकर विभागले अभिनेताको घरमा छापा मारेको थियो, प्राप्त कागजातहरूबाट १५ करोड भारतीय रुपैयाँ अज्ञात रकम बरामद भएको थियो। जुन उनले फिल्म ‘पुली’का लागि पाएका थिए ।
यसपछि आयकर विभागले सन् २०२२ को जुन ३० मा विजयलाई कर छली गरेको भन्दै १.५ करोड भारतीय रुपैयाँ जरिवाना लगाएको थियो । आयकर विभागको यो कदमपछि विजय उच्च अदालत पुगेका थिए । विजयले यसविरुद्ध अदालतमा आफूलाई जरिवाना लगाउने हो भने सन् २०१९ मा नै लगाउनु पर्ने बताएका थिए । तसर्थ, विजयले मद्रास उच्च अदालतमा आयकर विभागको यस ढिलो कारबाहीलाई रोक्न अपील गरे।
अब यस मामिलामा सुनुवाईको क्रममा मद्रास उच्च अदालतले विजयलाई सहयोग गर्दै जरिवानामा अन्तरिम प्रतिबन्ध लगाएको छ।
प्रतिक्रिया दिनुहोस्