९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


५४२ जना कोरोना संक्रमित थपिए


65
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ३० जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ८२ जनाको पीसीआर र २ हजार ८ सय ४८ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ४२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बिहीबार ४ सय २१ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ हजार २ सय ६५ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।