
काठमाडौं । देशका अधिकांश भू–भागको मौसममा आज शुक्रबार सामान्य देखि पूर्ण बदली रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केहि स्थानहरुमा बिहानैदेखि चट्याङसहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार पानी पार्ने मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणमा रहेको छ ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राति प्रदेश १ र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा सामान्य बदली रहनेछ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्