३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


वाईसीएलको राष्ट्रिय भेला आजबाट


91
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल) को दोस्रो राष्ट्रिय भेला आज शुक्रबारबाट काठमाडौंमा सुरू हुँदैछ ।

भेलाको उद्घाटन बिहान ११ बजे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने कार्यक्रम छ ।

राष्ट्रिय सभागृहमा हुने भेला दुई दिनसम्म चल्ने वाइसिएलका संयोजक सुमन देवकोटाले जानकारी दिनुभयो ।

भेलामा राजनीतिक प्रतिवेदन, विधान संशोधन, समसामयिक राजनीतिक प्रस्तावमा व्यापक छलफल र बहसद्वारा सर्वसम्मत पारित गरिने उहाँले बताउनुभयो ।

भेलामा भूगोल तथा गैरभूगोल जिल्ला, प्रदेशबाट ६ सय प्रतिनिधि सहभागी रहनेछन् ।