२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

'अध्यक्षले प्रस्ताव गरेका नाममा सहमति जुटे आजै पदाधिकारीको टुंगो लाग्ने'

39
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ ।

बैठकमा पदाधिकारीहरुको नाम टुंग्याउने विषयमा छलफल भईरहेको छ ।

अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेका नाममा सहमति जुटे आज शुक्रबार नै पदाधिकारी र स्थायी कमिटीले पूर्णता पाउने बताइएको छ । यसअघि बुधबार बसेको स्थायी कमिटी बैठकले अपूर्ण रहेका केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो । बिहिबार बस्ने भनिएको बैठक आजका लागि सरेको हो ।

अध्यक्ष दाहालले पाँच जना उपाध्यक्ष, महासचिव र दुई जना उपमहासचिवको नाम प्रस्ताव गरेको बुझिएको छ ।

उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, पम्फा भुसाललगायत रहेका छन् भने देव गुरुङलाई महासचिवमा प्रस्ताव गरिएको छ । यस्तै जनार्दन शर्मा र वर्षमान पुनलाई उपमहासचिव बनाउन प्रस्ताव गरेको बुझिएको छ ।

गत बुधबार बसेको स्थायी कमिटी बैठकमा केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीमा सदस्यहरू थप्ने विषयमा छलफल भएको थियो ।