१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनचाँदीको मूल्य घट्ने क्रम जारी


49.023k
Shares

काठमाडौं । साताको छैटौं दिन आज शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ । सोमबारबाट घट्न थालेको सुनचाँदीको मूल्य शुक्रबार पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९५ हजार ९ रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ४ सयले घटेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुन प्रतितोलामा ९५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य पनि शुक्रबार १० रुपैयाँले घटेर १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।