१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अपर तामाकोशी हाइड्रोपावरले हकप्रद शेयर निष्कासन गर्ने


260
Shares


काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ । शुक्रवार हाइड्रोपावरको चौधौं वार्षिक साधरण सभामार्फत पास गरेर कम्पनीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

शुक्रवार काठमाडौंमा भएको वार्षिक साधरण सभाले कम्पनीको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रश्ताव पास गरेको छ । वार्षिक साधरण सभामा बोल्दै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विशेष प्रश्ताव पेस गर्नुभयो । उहाँले ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न नियन्त्रण बाहिरको परिस्थिति उत्पन्न भई निर्माण अवधि बढेर ऋणको भार बढी ऋण र पुँजीको अनुपात कायम हुन नसकेकाले पुँजी वृद्धिको लागि हकप्रद शेयर निष्कासन गर्न लागेको बताउनु भयो ।

निर्देशक घिसिङले रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक देखिएको बताउनु भयो । उहाँले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युत गृहबाट निस्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेको बताउनु भयो । उहाँले त्यसको लागि पनि तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ अपर तामाकोशी जलविद्युत आयोजना सम्पन्न भएपश्चात दोस्रो चरणमा निर्माण गर्न योजना रहेको रोल्वालिङ खोलाको पानीलाई ७ किलोमिटर लामो सुरुङमार्फत लामाबगर स्थित तामाकोशी नदीबाट निर्मित जलाशयमा मिसाई थप २०० सय गिगावाट गरी जम्मा ३०० सय गिगावट घण्टा विद्युत उत्पादन गर्ने लक्ष्य लिई सो कार्यको विस्तृत अध्ययन गरेर निर्माण गर्ने भएको छ । यसको इपिसी मोडलमा ४.५ वर्ष भित्र निर्माण सम्पन्न गर्नेगरी बोलपत्र आह्वान भइसकेकाले मुल्याङ्कनको प्रक्रियामा रहेको छ । त्यसको लागि भौतिक पूर्वाधार तयार भएका छन् । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि विद्युतगृहबाट निष्कने पानीलाई करिव ८ किलोमिटर सुरुङमार्फत ९९ सय मेगावाट क्षमताको तामाकोशी पाँचौं आयोजना निर्माण गर्ने नेपाल विद्युत प्राधिकरणको लक्ष्य रहेकाले प्राधिकरणसँग सहकार्य गरी लगानी गर्न इच्छुक रहेको हुँदा शेयर लगानी सुनिश्चिताको लागि अनुरोध गरिएको थियो ।

तामाकोशी जलविद्युत सञ्चालक समितिको बैठकबाट कम्पनीले पनि लगानी गर्ने अवसर सुनिश्चित भएको छ । रोल्वालिङ ड्राइभर्सन,रोल्वालिङ खोला जलविद्युत आयोजनाहरुको निर्माण र माथिल्लो तामाकोशी आयोजनाको लागि अपुग रकम अल्पकालिन ऋण लिएर सम्पन्न गरिएको हुँदा सो ऋण चुक्ता गर्नको लागि वित्तीय व्यवस्थापन गर्न आवश्यक रहेकाले ऋण प्रदायक संस्थाहरुबाट दीर्घकालिन ऋणको लागि भएको सम्झौतामा सो पुँजी र ऋण ७०ः३० ७० प्रतिशत ऋण र ३० प्रतिशत छुट पुँजी दिने प्रावधान रहेकोमा विभिन्न काबु बाहिरको परिस्थिति उत्पन्न भएकाले निर्माण अवधि बढ्न गएको कारणले ऋणको भार बढ्न गई उक्त ऋण र सो पुँजीको अनुपात कायम हुन नसकेको हुँदा कम्पनीको समग्र वित्तीय विश्लेषण गरी उपसमितिबाट विस्तृत अध्ययन गरी प्राप्त प्रतिवेदनको आधारमा हकप्रद शेयरको माध्यमबाट पुँजी वृद्धिको लागि विषेश प्रश्ताव पेस गरेको हुँदा प्रश्ताव पास हुने अपेक्षा छ ।’