१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेता गिरिको स्वास्थ्य अवस्था क्रिटिकल !


1.118k
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिको स्वास्थ्य अवस्था क्रिटिकल बनेको छ ।

नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचाररत गिरिलाई बिहीबारदेखि नन् इन्भेसिभ भेन्टिलेटर (एनआईभी)मा राखिएको छ ।

नेता गिरिको स्वास्थ्य अवस्था सुधार हुने सम्भावना निकै कम  रहेको अस्पतालले जनाएको छ ।

भारतको मुम्बईमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल फर्किएका उनी स्वास्थ्यमा समस्या भएपछि साउन दोस्रो साता मेडिसिटीमा भर्ना भएका थिए ।