१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेता गिरीको स्वास्थ्य सुधारका लागि प्रार्थना गर्न निधिको आग्रह


1.573k
Shares

काठमाडौं । नख्खुस्थित मेडिसिटी अस्पातलमा उपचाररत कांग्रेस नेता प्रदीप गिरी लाई भेटेपछि कांग्रेसका विमलेन्द्र निधिले स्वास्थ्य सुधारमा ईश्वरी चमत्कारका लागि प्रार्थना गर्न आग्रह गरेका छन् । गिरीको स्वास्थ्य अवस्थामा जानकारी लिन शुक्रबार अस्पातल पुगेका उनले गिरिको अवस्थाले आफू स्तब्ध भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा निधिले लेखेका छन्, ‘आदरणीय मेरा अग्रज भ्रातातुल्य मित्र, समाजवादी, गान्धीवादी, विचारक, योद्धा, नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई मेडिसिटीमा दोस्रोपटक हेरेर बाटोमा फर्कंदै छु । स्तब्ध र निरीह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु– सबैले प्रार्थना गरौं ।’

लामो समय भारतमा उपचार गरेर स्वदेश आएका उनी फेरि स्वास्थ्यमा समस्या देखिएपछि मेडिसिटी भर्ना भएका हुन् । घाँटीको क्यान्सरबाट पीडित उनलाई अहिले निमोनिया पनि देखिएको छ।