
काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
बाँकेमा केन्द्रविन्दु भएर राति १ बजेर २८ मिनेटमा ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का पश्चिम नेपालका केही जिल्ला र भारतको लखनउ क्षेत्रसम्म महसुस भएको थियो ।
मध्यराति भूकम्प गएपछि नागरिक त्रसित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्