१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्विडेनको किनमेल केन्द्रमा गोली चल्दा एकको मृत्यु, एक घाइते


117
Shares

काठमाडौं । स्विडेनको एउटा किनमेल केन्द्रमा गोली चल्दा एक जनाको मृत्यु भएको छ ।

यस्तै, गोली लागेर एक महिला घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

घाइते महिलाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

दक्षिणी सहर माल्मोमा भएको गोलीकाण्डका संदिग्धलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले आक्रमणबारे अनुसन्धान सुरु गरेको छ ।