२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


युक्रेनको परमाणु ऊर्जा केन्द्रलाई विद्युत आपूर्ति ग्रिडबाट नकाट्न संयुक्त राष्ट्रसंघको रुसलाई आग्रह


2.886k
Shares

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले रुससँग परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको विद्युत आपूर्ति ग्रिडबाट नकाट्न आग्रह गर्नुभएको छ ।

शुक्रबार रुसको कब्जामा रहेको जापोरिझाहिया परमाणु ऊर्जा केन्द्रलाई युक्रेनको ग्रिडबाट अलग नगर्न गुटरेसले अपिल गर्नुभएको हो ।

रुसले ऊर्जा केन्द्रलाई आपूर्ति ग्रिडबाट कटौति गर्ने तयारी गरिरहेको युक्रेनले बताएपछि गुटरेसले त्यसो नगर्न रुससँग आग्रह गर्नुभएको हो ।

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँबीच सो परमाणु ऊर्जा केन्द्रको निरीक्षणका लागि इन्टरनेशनल एटोमिक इनर्जी एजेन्सी (आइएइए) लाई स्वीकृति दिनेबारे सहमति भएको छ ।

शुक्रबार राति दुई नेताबीच भएको टेलिफोन वार्ताको क्रममा पुटिनले पछिल्ला दिनमा युक्रेनले केन्द्रमा गोलाबारी गरेको आरोप लगाएको बिबिसीले जनाएको छ । यसअघि युक्रेनले रुसमाथि सोही आरोप लगाएको थियो ।