१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नगरपालिका कर्मचारी एशोसियसन धरानको अध्यक्षमा अधिकारी


533
Shares

सुनसरी । नेपाल नगरपालिका कर्मचारी एशोसियसन धरानको अध्यक्षमा किशोर अधिकारी निर्वाचित हुनु भएको छ ।

शुक्रबार राति सप्पन्न एशोसियसनको १० औं अधिबेशनले अधिकारीको अध्यक्षतामा १७ सदस्य कार्यसमिति निर्बिरोध निर्वाचित गरेको हो ।

एशोसियसनको उपाध्यक्षमा रमिला कुलुङ, सचिवमा डा. बिर्ख राई, कोषाध्यक्षमा इश्वर लामिछाने, सहसचिवमा हिरालाल विश्वकर्मा निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा क्रमशः युनिसा खत्री, दिपकला राई, तेज प्रसाद पोखरेल, सम्झना विक, देवि कार्की, राजु श्रेष्ठ, सुकराम लिम्बू, राकेश मेहेता, लाल बहादुर लिम्बू, बिक्रम लिम्बू, राजेश सुब्बा र दिलकुमार राई निर्वाचित भएका छन् ।

निर्वाचित अध्यक्ष अधिकारीले नगरपालिकाका कर्मचारीको पेसागत हक हितका लागि निरन्तर लाग्ने र सेवा प्रवाहलाई प्रभावकारी बनाउने आफ्नो कार्यकालको प्राथमिकता रहेको बताउनुभयो ।

एशोसियसनको अधिवेशन धरान उपमाहनगरपालिकाका मेयर हर्कराज राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।