१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भाषामा दोस्रो टिजर सार्वजनिक


1.573k
Shares

काठमाडौं । अभिनेता प्रदिप खड्का अभिनित फिल्म ‘प्रेमगीत ३’को दोस्रो टिजर सार्वजनिक भएको छ ।

शुक्रबार ‘प्रेमगीत ३’को दोस्रो हिन्दी टिजर जी म्युजिक कम्पनीबाट र नेपाली टिजर ओएसआर युट्युब च्यानलबाट रिलिज भएका हुन् ।

टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्रको रुपमा प्रस्तुत गरिएको छ भने प्रदीप खड्काको चरित्रलाई पनि महत्व दिइएको छ ।

फिल्मको पहिलो टिजर साउन २८ गते नेपाली र हिन्दी भाषामा रिलिज भएको थियो । उक्त टीजरमा राजपरिवारमा जन्मिएका प्रदीपलाई प्रेमिका र राजगद्दीमध्ये एउटा रोज्नुपर्ने बाध्यतालाई देखाइएको थियो ।

स्वर्गीय छेतेन गुरुङ र सन्तोष सेनले संयुक्त रूपमा निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरीलगायतका कलाकारहरूको अभिनय रहेको छ । क्रिस्टिनाले उक्त फिल्मबाट डेब्यु गरेकी हुन् ।

असोज ७ गतेदेखि प्रदर्शनमा आउने फिल्मको भदौ १६ गते ट्रेलर सार्वजनिक हुने छ ।

नेपाली टिजर :

हिन्दी टिजर :