
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा २१ सदस्यीय पदाधिकारी रहने प्रस्ताव गर्नुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले सो प्रस्ताव पेस गर्नुभएको हो ।
जसमा अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने नेताहरुले बताएका छन् । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरूको नाम पनि प्रस्ताव गरेको बताइएको छ । नेताहरुको वरिष्ठता अनुसार पदमा व्यवस्थापन गर्ने गरी प्रचण्डले प्रस्ताव पेस गरेका छन् । बैठकमा प्रचण्डको प्रस्तावमाथि छलफल भइरहेको स्रोतले बताएको छ ।
एउटै पदमा आकांक्षी बढी भएपछि माओवादीमा लामो समयदेखि पदाधिकारीबारे विवाद रहँदै आएको छ । यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको हिजोको बैठक निष्कर्षविहीन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्