
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप २ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
साेही अवधिमा २ जनाको मृत्यु भएको हाे । गत २४ घण्टामा ४ हजार ३ सय ३७ जनाको नमूना परीक्षण गरिएको थियो । १ हजार ६ सय ७० जनाको पीसीआर र २ हजार ६ सय ६७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा २ सय ९९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
शनिबार ५ सय ७७ जना काेराेना संक्रमित संक्रमणमुक्त भएका छन् । हाल देशभर ४ हजार ६ सय २५ जना काेराेनाका सक्रिय संक्रमित रहेकाे मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्